Logo

मन्त्री किरातीविरुद्ध खनिए माओवादी नेता बिडारी, प्रधानमन्त्री प्रचण्डलाई अप्ठ्यारो पारेको अरोप



काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्टन्टमात्रै गरेको आरोप लगाएका छन् । हिजो (श्ुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्री किरातीले युट्युबमा स्टन्टबाहेक केही नगरेको आरोप लगाएका हुन् ।

मन्त्री किरातीले काम गर्न नसक्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार घण्टा बढि धनगढी विमानस्थलमा बस्नुपरेको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

‘उहाँ (मन्त्री किराती) विदेश नगएपनि युट्युबमा जानुहुन्छ, स्टन्टमा जानुहुन्छ । गफ गर्न त खुब जान्नुहुँदोरहेछ, चार घण्टा प्रधानमन्त्रीले जहाज कुर्नुपर्यो रे । त्यो सुदन किराती मन्त्रीले राजीनामा दिन पर्दैन । त्यतिपनि सञ्चालन गर्न नसक्ने ? ठीक समयमा जहाज सञ्चालन गर्न पर्दैन ? प्रधानमन्त्री कुरेर बस्नुभयो त अहिले चर्चा आयो, यहाँ त दिनदिनै छ त,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्ड केही गरौं भन्ने हुटहुटीमै रहेपनि मन्त्री र कर्मचारीका कारण सफल हुन नसकेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्