Logo

पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ



काठमाडौं, २३ मंसिर । पेस्तोल र १९ राउन्ड गोलीसहित हेटौडाबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल १ थान र गोली १९ राउन्डसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

हिजो पक्राउ परेका उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साथै, उनीहरुबाट हतियार सफा गर्ने रड एक थान,लागूऔषध खैरो हेरोईनजस्तो देखिने धुलो पदार्थ २ ग्राम ४०० मि.ग्रा. लागूऔषध तौल गर्ने डिजिटल तराजु दुई थान, दु्ई थान मोटर साइकल, मोबाइल पाँच थान र नगद पचास हजार रुपैयाँ बरामद गरेको छ ।

उनीहरुले गत मंसिर १९ गते राति हेटौँडा उपमहानगरपालिका– ९ बस्ने सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेका थिए । उनीहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ मागेर धम्क्याएको समेत बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot