काठमाडौं, २३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अर्थतन्त्रमा देखिएको संकटका कारण अप्ठ्यारोमा परेका ब्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिनुपर्ने बताएका छन् । आज (शनिबार) समाजवादी प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गम्भीर संकटमा रहेका ब्यवसायी र ऋणीलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
अर्थतन्त्र कामचलाउ अवस्थामा छ भनेर सरकारले चित्त बुझाएर बस्ने अवस्था नरहेको पनि उनले बताए । उनले संकटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय, ब्याजदर, राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नुपर्ने बताए । File Photo/RN