Logo

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री दाहालसँग प्रकाण्डको भेटवार्ता



काठमाडौं, २३ मंसिर । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएपछि नेकपाका प्रभावशाली नेता प्रकाण्डले आज (शनिबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछिको अवस्थाबारे प्रकाण्डले छलफल गरेको बुझिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमतिको अक्षरंश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाण्डले भने आफूहरुविरुद्ध षड्यन्त्र गरिएको भन्दै अदालतको विरुद्धमा पनि प्रदर्शनमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए । अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता प्रकाण्डसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आफ्ना नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा यतिवेला आन्दोलित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot