Logo

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध हेमन्तले दिलाए नेपाललाई एकै अ‍ोभरमा २ सफलता



काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानविरुद्ध एउटै ओभरमा २ सफलता प्राप्त गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको अफगानस्तानले ७ औं ओभरको दोस्रो र तेस्रो बलमा हेमन्त धामीले लगातार २ विकेट लिएका हुन् । ताजा अवस्थामा अफगानस्तानले ७ ओभरमा ३ विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।

हेमन्त धामीले सातौँ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

लगत्तै हेमन्तले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डगआउट भए।

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।

सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।

उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot