Logo

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँड



काठमाडौं, मंसिर २४ । हिमालयन रि-इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ आइतबार बिहान बाँडफाँट गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये आठ जनाको आवेदन रद्द भएको छ । यसैगरी, १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम आईपीओ पाएका छन् । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । अब यसपछि कम्पनीले आगामी मंसिर २७ गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्