Logo

गुम्बा बनाउन दस लाख सहयोग



दमौली, २४ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले दस लाख पाँच सय ६५सहयोग गरेका छन् ।

निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराइएको बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गुरुङले भने, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा निर्माण थालिएको थियोे । यहाँ शाक्यमुनि बुद्धका मूर्ति छन् ।” सोही ठाउँमा उनकै सक्रियतामा अर्को गुम्बा पनि निर्माण थालिएको छ । भियतनामी शैलीमा भियतनामी इञ्जिनीयरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको होे । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गुम्बाले टेवा पु¥याउने गुरुङको भनाइ थियो।

बुद्धजयन्तीका बेला यहाँ बौद्ध धर्मावलम्बीको भीड लाग्ने गर्छ । गुम्बा संरक्षणका लागि गणेशबहादुर गुरुङकै संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्