Logo

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज



काठमाडौं,२४ मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्य स्थिति सामान्य छ । केही दिन आराम गरेपछि उनी नियमित काममा फर्किन सक्ने चिकित्सकको भनाइ छ ।

उनलाई गत मङ्गलबार राति छातीमा असहज महसुस भएपछि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको थियो । सचिवालयका अनुसार यसअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

अस्पतालमा रहँदा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्