Logo

यू-१९ एसिया कप: ३ विकेट गुमाएको अफगानिस्तानको एक सय रन पूरा



काठमाडौं,२४ मंसिर । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपालविरुद्ध एक सय रन पूरा गरेो छ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको अफगानस्तानले २३ ओभरमा ३ विकेट गुमाउँदै एक सयर रन पूरा गरेको हो । हाल उसको क्रिजमा जमिसिद जाड्डरन र रहिमुल्लाह जुम्रिता रहेका छन् । उनीहरु क्रमस ३६ र २९ रन बनाएर खेलिरहेका छन् ।

बलिङतर्फ नेपालका हेमन्त धामीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो ।

सिनियर टोलीका स्टार अलराउण्डर गुल्सन झाले बलिङमा २ विकेट लिएपनि ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

यस्तै कप्तान देव खनालको ब्याट पनि पहिलो खेलमा चलेन । यी दुई खेलाडीमा नेपालले ठूलो आशा राखेको छ ।

उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्