काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो र उनी निकट अन्य नेताहरुले केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । आज (आईतबार) देखि काठमाडौंमा लोसपाको केन्द्रीय कमिटी बैठक सुरु भएको भएपनि उनी लगायत उनी निकट नेताहरु सहभागी छैनन् ।
उनीहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी निर्णय गर्ने गरेको आरोप लगाउँदै आजको बैठक बहिस्कार गरेका हुन् । केन्द्रीय समिति बिस्तारका क्रममा ठाकुरले महतो निकट नेताहरु छु्टाएकाले उनी रुष्ट बनेको बताइएको छ ।
लोसपाको जारी केन्द्रीय समिति बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन, संगठन विूतार, आन्तरिक विधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।