Logo

एनसेलविरुद्ध सांसद अमरेशले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’



काठमाडौं,२४ मंसिर । एनसेलको शेयर खरिद बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटा कम्पनीको निर्णयविरुद्ध स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

शुक्रबार सांसद सिंहले दायर गरेको रिट आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा कुमार रेग्मीको एकल इजलासमा पेशी परेको थियो । तर, आजै रेग्मीसहित न्यायाधीश डा नहकुल सुवेदीको संयुक्त इजलास पनि परेपछि एकल इजलास बस्न नभ्याएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot