Logo

दुर्गा प्रसाईँको आन्दोलनमा आएका महिलालाई दुर्ब्यहार गर्ने युवा संघका कार्यकर्ता राईलाई कारबाही हुनुपर्ने पीडितहरुको माग



काठमाडौं, २४ असोज । दुर्गा प्रसाईँको आन्दोलनमा आएका महिलाहरुले आफूहरुलाई दुर्व्यवहार गर्ने युवा संघका कार्यकर्ताविरुद्ध प्रहरीले उजुरी लिन नमानेको बताएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले युवा संघको दुर्ब्यबहारविरुद्ध आफूहरु प्रहरी, नेपाल प्रहरीको साइबर क्राइम ब्यूरो र मानव अधिकार आयोगमा पुगेपनि कतैबाट सुनुवाइ नभएको बताए ।

युवा संघका कार्यकर्ता विनोद राईले आफूहरुमाथि अभद्र ब्यबहार गरेको, हातपात गरेको र मनपरी बोलेको उनीहरुको आरोप छ । विनोद राईलाई छिटोभन्दा छिटो कारबाही गरिनुपर्ने उनीहरुको माग छ ।

‘हामीलाई उनीहरुले ११ बजे राति सुतिरहेको अवस्थामा गेट फोरेर नानाथरी गाली र कुटपिट गर्दै लखेट्दै लगे । हामीलाई रोडमा पुर्याए । हामीलाई धेराबन्दी गरेर लखेटे,’– पत्रकार सम्मेलनमा सहभागी पीडितले भनिन् ।

युवा संघका कार्यकर्ताले आफूहरुलाई त्यसरी लखेट्दा समाजमा आफूहरुका बारेमा विभिन्न टिका–टिप्पणी हुन थालेको उनीहरुले बताए । विनोद राईलाई पक्रिएर आफूहरुलाई राखेर वार्ता गराउन पर्ने पीडित महिलाहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्