कायरो, २४ मङ्सिर । इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ ।
मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल शुरु भएको छ । निर्वाचनमा प्रत्यासी अब्देल फताह अल(सिसीले जित्ने अपेक्षा गरिएको छ।
करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ।
पूर्व सेना प्रमुख सिसी, इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् । रासस