Logo

सर्वोच्चका प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ मंसिर २९ गते हुने



काठमाडौं,२४ मंसिर । न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका ६ जनाविरुद्ध मंसिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ ।

आइतबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले ६ जना न्यायाधीशविरुद्ध परेको उजुरीका सम्बन्धमा छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफल सकिपछि २९ मंसिरसम्म बैठक स्थगित भएको छ ।

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी। अव्दुल मुसलमान र महेश्वर शर्मा पौडेल र वरिष्ठ अधिवक्ताद्धय सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ । अन्य तीनजाविरुद्ध भने उजुरी परेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot