Logo

मेलम्ची पुगेका ओलीलाई सिन्धुवासीले दिए ढ्यांग्रो र डम्फु उपहार



काठमाडौं,२४ मंसिर । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ: समृद्धिका लागि संकल्प यात्राको टोली सिन्धुपाल्चोक पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको जम्बो टोली आज सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन्।

यात्राका क्रममा शनिबार गण्डकी हुँदै बागमती प्रदेश छिरेका ओली अहिले सिन्धुपाल्चोकमा छन्।उनलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ स्थित बाहुनेपाटीमा पार्टीका कार्यकर्ताहरूले स्वागत गर्दै विभिन्न सामग्री उपहार दिएका छन्।

ओलीलाई पार्टीनिकट लोकतान्त्रिक महासंघले १०० केजीको माला लगाइदिएको छ। सय केजीको माला लगाउँदै ओलीले त्यहाँस्थित नेता-कार्यकर्तालाई धन्यवाद दिएका छन्।

उता त्यहीँ भएको कार्यक्रमका क्रममा जनजाति महासंघका अध्यक्षले डम्फु उपहार दिएका छन्। त्यस्तै एमाले मेलम्ची नगर कमिटीले ओलीलाई ढ्याङ्ग्रो उपहार दिएको छ।

एमालेको संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुग्नेछ भने ४ पुसमा काठमाडौंका विशेष कार्यक्रम गरेर यात्राको समापन गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot