Logo

नेविसंघद्धारा आयोजित शिक्षा, रोजगारी र विदेश पलायन विषयक गोष्ठी सम्पन्न (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघद्वारा आयोजित ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी सम्पन्न भएको छ ।

आज (आइतबार) नेपाल ल क्याम्पसमा आयोजित उक्त गोष्ठीमा शिक्षाविद्, विद्यार्थी नेताहरु र सरोकारवालाहरुको सहभागीता रहेको थियो । नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्यको सभापतित्वमा कार्यक्रम भएको थियो ।कार्यक्रममा वक्ताहरु अर्थविद् उत्तम निरौला, सुरज सेजवाल, बैंकर्स मनोज ज्ञवाली, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले धारणा राखेका थिए ।

प्रा.डा कोईरालाले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्ने बताए । त्यस्तै रोजगारीका सन्दर्भमा पनि युवाहरु बसेर मेरो माटोमा के सम्भावना छ भनेर खोजी गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot