Logo

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा



काठमाडौं,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए। उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् ।

उनले २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताईएको छ । गजुरेल सिन्धुलीबाट प्रत्यक्ष चुनाव लड्न चाहान्थे तर, माओवादी केन्द्रबाट लेखनाथ दाहलले टिकट पाएपछि उनी चुनाव लड्नबाट बञ्चित भएका थिए ।

त्यसपछि उनी असन्तुष्ट थिए। असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot