काठमाडौं,२४ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानस्तानविरुद्ध एक सय रन पूरा गरेको छ ।
अफगानस्तानले दिएको २६२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २४ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय रन पूरा गरेको हो । नेपालले लगातार विकेट गुमाईरहँदा अहिले नेपालको क्रिजमा अोपनर अर्जुन कुमाल र गुल्सन झा रहेका छन् । अर्जुन ३५ र गुल्सन १६ रन बनाएर पारी सम्हालिरहेका छन् ।
ताजा अवस्थामा नेपालले २४ ओभरमा ५ विकेट गुमाएर १०३ रन जोडेको छ । लगातार विकेट गुमेसँगै नेपालको ब्याटिङ संकटमा परेको छ । अहिले नेपालको क्रिजमा गुल्सन झा र अर्जुन कुमाल रहेका छन् ।