Logo

आरती साह हत्या प्रकरणमा आरोपीत मोतीबाबु साहलाई तत्काल पक्राउ गर्न आजपाको माग



काठमाडौं,२४ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जनकपुरकी आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले आरोपीत मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको ५ दिन बितिसक्दा पनि हालसम्म पक्राउ नपरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार आजपाका प्रवक्ता चन्द्रभुसण साहले एक विज्ञप्ति जारी गर्दै ‘विगत १७८ दिनदेखि अनवरत न्यायको पर्खाईमा संघर्षरत पीडित परिवारलाई अदालतको निर्णयबाट केहि राहत तथा आंशिक न्याय प्राप्तिको अनुभूति भईरहेको विशेष महत्वपूर्ण समयमा राज्य पक्षबाट न्यायालयको निर्णय कार्यान्वयनमा भैईरहेको ढिल्लासुस्ती एंव् उदाशीनताले राज्य पीडितको पक्षमा छ, कि पीडकको पक्षमा गम्भीर शंका उत्पन्न भएको छ जनाएका छन् ।

उनले राज्य पक्षको यस्तो चरम लापरवाही एवं अकर्मण्यताले गर्दा भोली आरोपित फरार भएमा त्यसको र त्यसबाट सृजित हुनसक्ने विषम एवं जटिल परिस्थितिको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरेका छन् ।

आजपाले यस विषयको गम्भीरतालाई जिम्मेवारीबोधका साथ पालना गर्न अभियुक्त मोतीबाबु साहलाई यथाशीघ्र गिरफ्तार गर्दै कानूनी दायरामा ल्याई पुर्पक्षका लागि थुनामा पठाउन तथा आन्दोलनरत पक्षको मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन नेपाल सरकार गृह प्रशासन सहित सरोकारवाला सबै निकायसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्