काठमाडौं,२५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक डाकेको छ ।
बैठक पार्टी कार्यालयमा दिउँसो ४ बजे बस्नेछ । आजको बैठकमा संक्रमणकालीन न्याय, विद्यालय शिक्षा विधेयकलगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुनेछ ।
कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो।