Logo

प्रचण्डले निक्कै राम्रो गरिरहनु भएको छ, सरकार परिवर्तनबारे सोच्ने बेला भएको छैनः माधव नेपाल



काठमाडौं, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्नमा केन्द्रीत हुनुपर्ने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार मुलुकलाई विकासको दिशामा अगाडि बढाउने, देशलाई आर्थिक संकटबाट मुक्त गराउने र जनताका पीडा र वेदनाहरुलाई सम्बोधन गर्नेतिर केन्द्रीत हुनुपर्ने बताएका हुन् ।

रोजगारीका लागि युवाहरु विदेसिँदा मनमा चिसो पसेको उनको भनाई छ । युवा पलायन रोक्न र यही रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि आफूले संसद्मा पनि निरन्तर आवाज उठाइरहेको उनले बताए । युवाहरुलाई देशभित्रै बस्ने वातावरण बनाउनका लागि गम्भीर हुन आवश्यक रहेको उनले बताए ।

वर्तमान सरकारले धेरै राम्रा कामहरु गरेको उनको दाबी छ । वर्तमान सरकारले मिटरब्यज पीडितहरुको समस्या सम्बोधन, नागरिकता विहीनहरुको समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र समग्र देशको बिग्रदो अर्थतन्त्र सुधारका पक्षमा काम गरिरहेको उनको दाबी छ ।

‘मिटरब्याज पीडितहरुको समस्यालाई सम्बोधन गर्ने कामबाट सुरु गर्यो । त्यसैगरी पासपोर्ट र नागरिकता लिनेहरुको लाम लागेको थियो, त्यसलाई ब्यवस्थित गर्ने काम पनि गर्यो । सामाजिक सुरक्षाको ब्यवस्था गरेर सामाजिक सुरक्षाप्रति विश्वस्त बनाउने काम गर्यो । देशको अर्थतन्त्रलाई कसरी उभो लगाउन सकिन्छ भन्ने बारेमा आर्थिक संकटमा परेकाहरुका लागि ब्याजको दर घटाएर हुन्छ कि ब्यजालाई ब्यवस्थित बनाएर हुन्छ कि । त्यसलाई पनि सम्बोधन गर्ने प्रयत्न गर्यो, गरिरहेको छ,’Þ– उनले भने ।

अहिले स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचार ब्याप्त रहेको उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीरताका साथ अगाडि बढ्नपर्ने उनको भनाई छ । साथै, अहिले सकार परिवर्तनको कुरा सोच्ने बेलापनि नभएको उनको भनाई छ । उनले प्रचण्डले धेरै राम्रो गरिरहेको र गर्न पनि खोजिरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot