काठमाडौं,२५ मंसिर । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।
राजीनामाको कारण प्रष्ट पारिएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।