Logo

दोलालघाट पुगेर ओलीले तारे माछा



काठमाडौं,२५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज १२औं दिन काभ्रे पुगेको छ ।

सोमबार बिहान एमाले अध्यक्ष तथा पूर्व प्धानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सिंगो टीम सिन्धुपाल्चोकको सीमाना दोललघाट पुगेको हो । उक्त टोली आज सिन्धुपाल्चोक हुँदै दोलखा निस्किनेछ भने साँझको बास बस्न नेकपाका संस्थापक पुष्पलालको जन्मभूमि रामेछाप पुग्नेछ ।

दोललघाट पुगेका अ‍ोलीले त्यहाँ माछा तारेका छन् । सिन्धुपाल्चोकसँग सिमानामा रहेको दोलालघाट बजार माछाका लागि चिनिएको ठाउँ हो । यहाँ स्थानीय र कार्यकर्ताले एमाले शीर्ष नेतालाई स्वागत गरेका थिए । केहीबेर स्थानीयका समस्या र सुझाव सुनेर छोटो सम्बोधन गरेपछि ओलीले माछा तारेका थिए ।

माछा तारेकोबारे ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ‘इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ। यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।’



प्रतिक्रिया दिनुहोस्