Logo

प्रचण्डको ब्रिफिङ: रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु



काठमाडौं,२५ मंसिर । प्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालका २ सय भन्दा धेरै नागरिक कार्यरत रहेको सूचना आएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले रुसमा मात्र २ भन्दा धेरै नेपाली सेनामा भर्ती भएको कुरा बाहिर आएको बताएका हुन् । उनले उत्तिकै संख्यामा यूक्रेनमा पनि नेपाली रहेको तथ्यांक पाईएको बताएका हुन् ।

‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो,तथ्यांक खोज्दैछु’, उनले भने, ‘युक्रेनी सेनामामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ।’

रुसी सेनामा कार्यरत रहेका नेपालीमध्ये हालसम्म ६ जनाले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ भने केहि नेपाली यूक्रेनी सेनाको बन्धकमा परेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्