Logo

जसपा कार्यकारिणी समितिको बैठक जारी



काठमाडौं, २५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा सुरु भएको हो ।

बैठकमा गत भदौदेखि जारी रहेको पार्टीको तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ माथि समीक्षा हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाले गत भदौदेखि कार्तिकसम्म तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाएको थियो । त्यस्तै, बैठकमा आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र समासामयिक विषयमा छलफल भइरहेको बस्नेतले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्