Logo

प्रचण्डलाई ज्ञानबहादुरको प्रश्नः ‘दरबार हत्याकाण्डका दोषी ज्ञानेन्द्र हुन् भने किन जेल नहालेको ?



काठमाडौं, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजाको बारेमा भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् ।

राप्रपा कार्यसमितिको बैठकलाई सम्बोन गर्दै उनले ज्ञानेन्द्रको स्वीस बैंकमा पैसा भएको र दरबार हत्याकाण्डमा संलग्नता रहेको भनि गरिएको गलत प्रचार पुष्टि गर्न उनले चुनौति दिएका हुन् ।

उनले प्रचण्डले उक्त तथ्य पुष्टि गर्न सकेको खण्डमा आफू माओवादी हुन तयार रहेको समेत बताए । साथै, राजदरबार हत्याकाण्ड बारे छानविन गरेर राजाको संलग्नता भएको जेल हाल्नसमेत उनले चुनौति दिएर । सबै राज्य संयन्त्र १६ वर्षदेखि आफ्नै हुँदा पनि राज दरबार हत्याकाण्ड छानबिनमा कसले रोक्यो ? भन्दै उनले प्रश्नसमेत गरे ।

‘प्रचण्डजीलाई खुल्ला चुनौति, राजाको सम्पत्ति कहाँ छ ? राजाले दरबार छोडेको १६ वर्ष भयो । स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस्, म तपाईँसँगै हिँड्छु । जनतालाई भ्रमित पारेर आज यिनीहरुको सम्पत्ति बरु स्वीजरल्याण्डमा लगेर राखेका छन् । अर्को दरबार हत्याकाण्डको दोष लगाइरहेका छन् । दरबार हत्याकाण्डको दोषी पत्ता लगाएर राजालाई जेल हाले त भईगयो । हामी स्वीकारर्छौं,’– उनले भने ।

१६ वर्षदेखि राष्ट्रपति, सेना, प्रहरी, प्रधानमन्त्री आफ्नै भएर पनि र आफू तीन पटक प्रधानमन्त्री हुँदासमेत राजा दोषी हुन् भने जेल हाल्ले साहस किन नगरेको भन्दै उनले प्रचण्डमाथि प्रश्न गरे । अब आउने संसद्मा प्रचण्डमाथि यस विषयमा प्रश्न उठाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्