काठमाडौं, २६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्ने भएको छ । बैठक आगामी पुष १ देखि ३ गतेसम्म जारी रहनेछ । बैठकमा पार्टीको नयाँ नियमावलीको मस्यौदामाथि आवश्यक छलफल हुने बताइएको छ । साथै, बैठकबाट स्थानीय, प्रदेश, केन्द्र र क्षेत्रीय अधिकार तथा विभिन्न पदअनुसार नेताहरुको काम, कर्तब्य र अधिकार तोकिएको नियमावली अनु्मोदन हुने बताइएको छ । नियमावली अनुमोदन भएपछि नेताहरुको जिम्मेवारीसमेत हेरफेर हुने बताइएको छ ।
साथै, केन्द्रीय कार्यसमिति बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा अन्य दलसँग समन्वय गरेर अगाडि बढ्ने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । साथै, बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।