काठमाडौं, २६ मंसिर । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले नेपालको विकासको लागि असल व्यक्तिहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । विभिन्न दल परित्याग गरी आफ्नो दलमा आएका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्ने क्रममा अध्यक्ष साहले यस्तो बताएका हुन् ।
उनले हिजोका नेताहरु राम्रा भएपनि आज ती नेता सत्ता र शक्तिमा पुगेपछि भ्रष्ट र खराब भएको आरोप लगाए । अब देशमा असल मानिसहरु एक हुनुपर्ने र खराब प्रवृत्तिविरुद्ध गर्जिनुपर्ने उनको भनाई छ ।
उनले आज देशमा चोरहरुले नेतृत्व गरिरहेको पनि आरोप लगाए । आज देशमा असल व्यक्तिहरु दबिएको र खराबहरु हाबी भएको र उनीहरु नै उत्साही भएकोले देशमा असल र खराबहरु छुट्टिनुपर्ने उनको टिप्पणी छ। file photo