Logo

नेपालविरुद्ध भारतीय बलर पूर्णरुपमा हाबी, १७ रन जोड्दा गुम्यो ५ विकेट



काठमाडौं,२६ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खेलिरहेको नेपालले खराब सुरूवात गर्दै ५ विकेट गुमाएको छ ।

दुबईस्थित ओभल २ मैदानमा भारतले टस जितेर सुरुवातमा फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ । नेपालले खराब प्रदर्शन गर्दै ८ ओभरमा १७ रन जोड्दा ५ विकेट गुमाएको हो । नेपालका ओपनर अर्जुन कुमाल ७ रनमा आउट हुँदा उत्तम थापा शून्य रनमा र अर्का ओपनर दीपक बोहरा १ रनमा नै आउट भएका छन् । कप्तान देव खनाललाई २ रनमा गुमाएको नेपालले दीपक डुम्रेलाई शून्य रनमा गुमाएको हो ।

यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २-२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot