Logo

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा पहिचानवादीद्धारा ढुङ्गा प्रहार



काठमाडौं,२६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरेका हुन् ।

दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।

मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ । कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आएका पहिचानवादीहरुले पछिल्लो समय एमाले र नेपाली कांग्रेसका नेतालाई लक्षित गर्दै आक्रमण गर्दै आएका छन् ।

पहिचानवादीको आक्रमणबाट मुख्यमन्त्री कार्कीको गाडीमा सामान्य क्षती पुगेको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot