Logo

कांग्रेस सांसद पौडेलको प्रस्ताव: त्रिविको उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गरौं



काठमाडौं,२६ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै पौडेलले लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, “त्रिभुवन विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्‍यो । लाखौँ लाख दक्ष जनशक्ति उत्पादन गर्‍यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय आफैँले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले सरकारलाई मेरो आग्रह छ । लाखौँ विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस,’ । ,

सांसद पौडेलले आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रूपमा नियुक्ति गर्न माग गरेका छन् । उनले नियुक्ति राजनीतिक आधारमा नभइ कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुपर्ने धारण राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot