काठमाडौं, २६ मंसिर । आम जनता पार्टीको आम सम्पर्क मञ्चले राष्ट्रिय भेला आह्वान गरेको छ । मञ्चले आगामी मंसिर ३० गते विहान ११ बजे काठमाडौंको अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभाहलमा राष्ट्रिय भेलाको आयोजना गरेको हो । उक्त भेला आजपाका अध्यक्ष प्रभु साहको आतिथ्यतामा उद्घाटन हुने बताइएको छ ।
‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउने’ लक्ष्यसहित राष्ट्रिय भेलाको आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए । File Photo/RN