Logo

डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण हुँदा ३ जना प्रहरीको मृत्यु, १६ घाइते



इस्लामाबाद, २६ मङ्सिर । आतङ्कवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्युजले मङ्गलबार उल्लेख गरेको छ।

प्रहरीका अनुसार आतङ्ककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए। आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ ।

यसैबीच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् ।आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ ।

घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठूलो टोली पुगेको छ ।

आतङ्कवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परिक्षा स्थगित गरिएका छन्। एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन।

अक्टोबरको शुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतङ्कवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए।डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए। रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot