काठमाडौं,२७ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज लुईटेल, फर्सुराम पाण्डे, त्रिलोक बहादुर चन्द ,प्रेमराज सिलवाल, डा. सुनिल रंजन सिंह,अञ्जन धिताल,रामकृष्ण बन्जारा र यज्ञमणि न्यौपानेसमेतले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।
यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
उक्त रिट सुनुवाइका लागि आज न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।