Logo

अर्थमन्त्रीको दाबी: अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन्



काठमाडौं,२७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकरात्मक दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले सो दाबी गरेका हुन् । उनले अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू देखिएको दाबीसमेत गरेका छन् ।

“मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,” उनले भने, “ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।”

सेयर बजार तल भयो भन्ने गुनासो रहेकोमा मौद्रिक नीतिपछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको उनले जानकारी दिए ।

‘जग्गा कारोबार पनि बढ्ने क्रममा छ । उपभोक्तामा मानसिकता आत्मविश्वासको कमीको कुरा छ । उपभोक्ताहरूलाई उपभोग गरौँ कि नगरौँ भन्ने द्विधा छ, लगानीकर्ताहरूलाई लगानी गरौँ कि नगरौँ भन्ने द्विधा छ, त्यो पनि अन्त्य हुँदैछ,’ उनले भने, ‘सबैतिरबाट आत्मविश्वास जगाउने कुरा गर्‍यौँ भने अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन् ।’



प्रतिक्रिया दिनुहोस्