Logo

टिकटक प्रतिबन्धविरुद्धको रिट आजपनि ‘हेर्न नभ्याइने’



काठमाडौं,२७ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्न नभ्याइने भएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिट समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो । कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिथोलिएको भन्दै तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्याएको ठहर गर्दै अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, अनन्तराज लुईटेल, फर्सुराम पाण्डे, त्रिलोक बहादुर चन्द ,प्रेमराज सिलवाल, डा। सुनिल रंजन सिंह,अञ्जन धिताल,रामकृष्ण बन्जारा र यज्ञमणि न्यौपानेसमेतले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै संयुक्त इजलासमा पेश गर्न आदेश दिएको थियो ।

सरकारका तर्फबाट मंसिर १५ गतेअघिनै जवाफ पेश भएपनि मुद्दाको सुनुवाइ अघि बढ्न भने सकेको छैन् । यसअघि पनि विभिन्न न्यायाधीशको इजलासमा पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्