Logo

मानव अधिकार संरक्षणका लागि शान्ति र सुरक्षामा जोड



जेनेभा, २७ मङसिर । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति र सुरक्षाको महत्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पु¥याउनुपर्ने बताएका छन् ।

टर्कले मानव अधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवको स्मरणमा आयोजित कार्यक्रममा मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा शान्ति र सुरक्षा पहिलेभन्दा बढी आवश्यक भएको बताएका हुन् ।

मानवअधिकारलाई विश्वव्यापी सार्वजनिक हितको संज्ञा दिँदै टर्कले प्रत्येक व्यक्तिलाई शान्तिपुर्णरूपले बाँच्न पाउने अधिकार भएको र यसका लागि विश्वका नेताहरू एक हुनुपर्ने बताए । विश्वका नेताहरूलाई टर्कले मानव अधिकारको केन्द्रमा फर्की योगदान दिन आग्रह गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot