Logo

यू-१९ एसिया कप: श्रीलंकाले दियो बंगलादेशलाई २०१ रनको लक्ष्य



काठमाडौं,२७ मंसिर । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकाले बंगादेशलाई २०१ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल क्रिकेट मैदान २ मा टस हारेर सुरुवातमा ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०० रनको योगफल खडा गरेको हो ।

२०० रनको स्कोर खडा गर्न श्रीलंकाका पुलिन्दा परेलाले २८, सिनेथ जयवर्दने र विश्व लाहिरुले समान २५ तथा रुसान्दा ग्यामेजले २४ रन जोडे । त्यस्तै रविसचन्दा सिल्भा र शरुजन षणमुगनाथनले समान २१ रन थपे ।

बलिङतर्फ बंगलादेशका वासि सिद्धिकीले तीन तथा महफुजुर रहमान रब्बी र मारुफ मृधाले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्