Logo

तीन दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज



काठमाडौं, मंसिर २८ । नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणले तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट (इ–मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । ती संस्थालाई ३० दिनभित्र सम्पर्क गरी नियमअनुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot