Logo

बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै



काठमाण्डौं, मंसिर २८ । पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिन लागेको छ । तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्कामा आज नदीको बाँध खोल्न लागिएको हो ।

बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ । पोखरा–१६, दीपमा बनेको ड्याम आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्