काठमाडौं, मंसिर २८। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दवाबका बाबजुद पनि इजरायलले हमाससँगको युद्ध अन्तिमसम्मै लड्ने बताएका छन् ।
हमासलाई समाप्त गरेर मात्रै युद्ध रोकिने यस अघिको अडानमा नेतान्याहु अडिग रहेका छन्। इजरायली विदेशमन्त्री इलि कोहेनले पनि अन्तर्राष्ट्रिय सहयोग र समर्थन भए पनि नभए पनि इजरायल गाजा युद्ध नरोकिने बताएका छन् ।
अहिलेको अवस्थामा आएर युद्धविराम गर्नु भनेको आतंकवादी संगठन हमासका लागि फेरि संगठित हुन उपहार दिएजस्तै हुने उनको भनाइ छ । गाजामा ठूलो संख्यामा सर्वसाधारण नागरिक मारिएको र मानवीय संकटको अवस्था आएको भन्दै युद्ध रोक्न इजरायल माथि ठूलो अन्तर्राष्ट्रिय दवाब छ ।
संयुक्त राष्ट्रसंघीय महासभाले मंगलबार गाजामा युद्धविरामको माग गर्दै गैर(बाध्यकारी प्रस्तावलाई बहुमतले पारित गर्यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध बमबारीले विश्वव्यापी समर्थन गुमाउन थालेको प्रतिक्रिया दिएका छन्।
इजरायलले गरेको बमबारीबाट पीडित गाजाका नागरिकहरु भारी वर्षा र हावाहुरीका कारण थप प्रताडित बनेका छन् । रातभरको आँधीले आफ्नो घर छोडेर भागेका सयौं हजार प्यालेस्टिनीहरूको अवस्था झनै बिग्रिएको छ ।
इजरायली आक्रमणका कारण गाजामा १८ हजार ६ सयभन्दा बढी प्यालेस्टायनीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते छन् । एजेन्सीको सहयोगमा