Logo

प्रचण्डलगत्तै बाबुराम भेट्न पुगे प्रकाण्ड



काठमाडौं, २८ मंसिर । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । काठमाडौं जिल्ला अदालतबाट आफ्नो पार्टीका महासचिव विप्लवसहित आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रकाण्डले आफ्नो दौडधुप बढाएका छन् । यसअघि उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।

आजमात्रै उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । प्रकाण्डसँगको भेटवार्ताबारे बाबुरामले बृहद समाजवादी ध्रुवीकरणलगायतका विषयमा उपयोगी भेटघाट र छलफल भएको जनाएका छन् ।

उनले लेखेका छन्-विप्लवले नेतृत्व गरेको नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ र उमा भुजेल ‘सिलु’ संग वृहद समाजवादी ध्रुवीकरण लगायत विविध समसामयिक विषयमा उपयोगी भेटघाट र छलफल!



प्रतिक्रिया दिनुहोस्