Logo

शरणार्थी प्रकरण: खाँणको तर्फबाट बहस सकिएपछि सरकारी वकिलको बहस सुरू, आजै आदेश आउन सक्ने



काठमाडौं,२८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी छ ।

न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा जारी सुनुवाइमा निवेदन खाँणको तर्फबाट बहस सकिएको छ । खाँणका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, सुरेन्द्रकुमार महतो, बार अध्यक्षसमेत रहेका गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खडका र कृष्ण सापकोटाले बहस गरेका छन् । यस्तै पूर्वमहान्यायधिवक्तासमेत रहेका अधिवक्ता खम्मबहादुर खाती र मनिराम उपाध्यायले पनि उनकै पक्षमा बहस गरेका छन् ।

खाँणको तर्फबाट बहस सकिएसँगै अहिले सरकारी वकिल महेश खत्रीले बहस गरिरहेका छन्।

मंसिर १५ गते पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिएको थियो। न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा मुद्दाको पेशी तोक्ने फैसला भएको थियो ।

सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेमा खाणबारे उच्च अदालतले निर्णय सुनाउने छ।



प्रतिक्रिया दिनुहोस्