Logo

एनसेल शेयर खरिद-बिक्रीविरुद्ध नेविसंघ सडकमा उत्रियो, त्रिवीमा भिसी नियुक्त गर्नपनि माग



काठमाडौं, २८ मंसिर । एनसेलले कर छली गरेको भन्दै त्यसको विरोधमा नेबिसंघले प्रर्दशनिमार्गस्थित रत्नराज्य क्याम्पस अगाडी प्रर्दशन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले कर छलीको सत्यतथ्य छानविन गर्न र दोषिलाई कारबाहीको माग राखेका छन् ।

उनीहरुले विश्वविद्ययालयमा उपकुलपति र पदाधिकारीहरुको तत्काल नियुक्ती गर्न माग गरेका छन् । नेबिसंघ केन्द्रिय सदस्य सन्जिब ढकालले एनसेलको कर छलीमा ठुलै गिरोह सक्रिय भएको हुनसक्ने आशंका व्यक्त गर्दै निरन्तर खबरदारी गर्नुपर्ने औंल्याए ।

त्यस्तै, अर्का केन्द्रिय सदस्य उज्जल बज्रचार्यले एनसेल कर छलि विरुद्ध निरन्तर सडक संघर्ष गर्ने उद्घोष गरे । नेविसंघ आरआर क्याम्पस इकाईको आयोजनामा भएको प्रर्दशनमा सोहि इकाईका कार्यवाहक अध्यक्ष जितेन्द्र तिमल्सिना पव्लिक युथ क्याम्पसका स्ववियु सभापति नविन पाण्डे लगायतले आफ्नो विचार राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्