काठमाडौं,२८ मंसिर । सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो । अब उनी प्रभुराम शर्मापछि नेपाली सेनाको प्रधानसेनापति बन्ने लाइनमा रहँनेछन् ।
यसअघि रथीमा बढुवा भएका ताराध्वज पाण्डेले जन्ममिति कीर्ते विवादमा परेर राजीनामा दिएपछि सिग्देलको पालो आएको हो । यससँगै सिग्देल अब २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्न सक्नेछन्।