Logo

नेपाल प्रहरीको क्षेत्राधिकारबारे प्रभु साहले उठाए प्रश्न, बन्दुक छ भन्दैमा जे पनि गर्न नपाउने टिप्पणी (भिडिओसहित)



काठमाडौं, २८ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल प्रहरीको क्षेत्राधिकारबारे प्रश्न उठाएका छन् । उनले प्रहरी चौकीमा हुने पञ्चायती (छलफल) लगायतका न्याय निरूपणको कार्यले नेपालमा कानुनी शासनको मजाक बनाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज (बिहीबार) सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष साहले प्रहरी चौकीमा पञ्चायती हुने र यस्तो न्यायनिरुपण गर्ने अधिकार प्रहरीलाई छ भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । उनले भने,‘देशका विभिन्न प्रहरी चौकीमा जुन पञ्चायती हुने गरेका छन् । के त्यो कानुन सम्मत छ ? के ती पञ्चायतीहरू वैध हो ?, नेपाल प्रहरीको क्षेत्राधिकार के हो ? के यस्तो न्यायनिरुपण गर्ने अधिकार प्रहरीलाई छ ? छैन भने कसरी यस्तो खुलेआम काम भइरहेको छ ?’

साहले सरकारलाई देशमा अहिले कानूनी शासन छ कि छैन ? भनेर पनि सोधेका छन् । सरकारले देशमा सुशासन र कानुनको शासन लागू गर्ने हो भने प्रहरीमा पनि कानून लागु गर्नुपर्ने साहको सुझाव छ । गाउँघरमा घटना हुँदा त्यसको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको भएको तर क्षेत्राधिकार बाहिर गएर प्रहरीले न्याय निरूपण र दण्ड जरिवाना गरेर बाँडिचुँडी खाइरहेको आरोप लगाए । अहिले एउटा प्रहरी चौकीमा दर्जनौं पञ्चायती भैरहेको पनि उनले चित्रण गरे । file photo



प्रतिक्रिया दिनुहोस्