Logo

काठमाडौं महानगरपालिकाले मानायो २९औं महानगर दिवस (फोटोफिचर)



काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । आज (शुक्रबार) टुंडिखेलमा कार्यक्रम आयोजना गरेर महानगर दिवस मनाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा मनाइएको उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा चर्चित आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतदेखि धरानका मेयर हर्क साम्पाङ्गसमेत सहभागी थिए । कार्यक्रममा विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । त्यसैगरी नगर प्रहरी, नेपाल प्रहरीले फौजी कौशल प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय महानगरले गरिरहेको प्रगतिशील कार्यबाट आफू प्रेरित भएको बताएका थिए । उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गनेसमेत बताए ।

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उनले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानआदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गरेर समाजलाई योगदान पुर्याएका विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्