Logo

कांग्रेसले डाक्यो केन्द्रीय समितिको बैठक,राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाउने



काठमाडौं,२९ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक डाकेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पाद समितिको बैठकले आगामी पुस १२ गतेदेखि बैठक बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ ।

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एक तिहाई सदस्यको लागि माघ ११ गते निर्वाचन हुँदैछ । सत्तारुढ दलहरुले मिलेर चुनावमा भाग लिने सहमति गरिसकेका छन् । कंग्रेसले रिक्त १९ र मनोनीत १ गरी कूल २० सीटमध्ये १० सीटमा दाबी गर्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot