Logo

नोवेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, २९ मंसिर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा एक दिवसीय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । उर्लाबारी– ६ स्थित महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा हिजो (२८ गते बिहीबार) उक्त शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए । शिविरमा एक सय १५ जना पुरुष र एक सय ७० जना महिला गरी दुई सय ८५ जना विरामीको स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा स्वास्थ्य परीक्षण गराएका दुई सय ८५ जनाकै निःशुल्क इकोकार्डियोग्राम र ईसिजि गरिएको थियो ।

नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । ‘स्वस्थ मुटु, स्वस्थ जीवन’ भन्ने नाराका साथ नोवेलले सञ्चालन गर्ने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौं विरामीहरुले निःशुल्क परीक्षण र उपचार सेवा लिई सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot