Logo

नक्कली भुटानी शरणार्थी प्रकरणः रिहा भए बालकृष्ण खाण



काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् ।

उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले खाणसँग बयान लिएको थियो । बयानपछि खाणसँग १५ लाख धरौटीमा माग भएको थियो ।सम्पत्ति सुद्धीकरणमा पनि उनले धरौटी वापत बैंक जमानत राखेको बताइएको छ ।

खाणलाई सम्पत्ति सुद्धीकरणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो । अख्तियारले भने खाणलाई साधारण तारेखमा छोडेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई गत वैशाख २७ गते पक्राउ गरेको थियो । खाण सात महिना जेल बसेर रिहा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot